नेपाल कम्युनिष्ट पार्टी (नेकपा)गोरखाका दाहाल-नेपाल समूह आन्दोलनमा


गोरखा खबर
  • सोमबार, पुष १३ २०७७

  • गोरखाखबर(गोरखा,१३ पुस) । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गोरखाले विभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । संसद बिघटन पछि फुट्को संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल र माधव नेपाल समुहले आन्दोलनको तयारी गरेको हो । केन्द्रीय सदस्य एवं संगठन विभागका सदस्य हरिराज अधिकारीको प्रमुख आतिथ्यता र अध्यक्ष लेख बहादुर थापाको अध्यक्षतामा बसेको गोरखा जिल्ला कमिटिको बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम लाई असंवैधानिक, अलोकतान्त्रिक कदम भन्दै विभिन्न आन्दोलन कार्यक्रहरु तय गरेको छ । आन्दोलनका कार्यक्रमहरुमा पुस १४ गते गोरखा सदरमुकाममा प्रर्दशन सहित विरोध कार्यक्रम, पुस १६ र १७ गते पार्टी नगर तथा गाउँपालिका कमिटिको बैठक तथा भेला, प्रशिक्षण आयोजना, पुस २० गते जिल्लामा जनबर्गीय संगठन, मोर्चा तथा जातिय संगठनको भेला, पुस २२ गते जनप्रतिनिधिहरु भेला तथा प्रशिक्षण, पुस २१ देखि २५ सम्म वडा पार्टी भेला तथा प्रशिक्षण गर्ने रहेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार