गोरखाखबर (काठमाण्डौ,२ पुष) । अस्ट्रेलियन चर्चित क्रिकेटर देव वाटमोर नेपाली क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त भएका छन । नेपाल क्रिकेट संघ (क्यान) को बिहीवार बसेको बैठकले जनवरी २०२१ बाट लागु हुने गरी वाटमोरलाई नेपाली टिमको प्रशिक्षक नियुक्त गरेको हो । वाटमोर अस्ट्रेलियाका अनुभवी क्रिकेट तथा सफल प्रशिक्षक पनि हुन । यस्तैगरी क्यानले राउना बहादुर मल्ललाई जनरल म्यानेजरमा नियुक्त गरेको छ भने रमेश कुमार न्यौपानेलाई प्रमुख लेखा अधिकृत र विनोद कुमार दासलाई क्रिकेट म्यानेजरको जिम्मेवारी दिइएको छ ।