गोरखाखबर(गोरखा,२१ मंसिर) । चिकित्सक माथी हातपात तथा दुव्र्यवहार भएको भन्दै आन्दोलनमा उत्रिएका गोरखा अस्पतालका स्वास्थ्यकर्मीहरुले आइतवार आकस्मीक बाहेक सबै सेवा बहिष्कार गरे । अस्पताल विकास समिति कर्मचारी युनियन इकाइका अध्यक्ष चिजकुमार श्रेष्ठले एक प्रेस विज्ञप्ती प्रकाशित गरेर चिकित्सक माथी हातपात तथा दुव्यर्वहार गर्ने दोषी उपर कडा कारवाही र स्वास्थ्यकर्मी लाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासन समक्ष माग गरेको छ । अस्पतालका चिकित्सक माथी हातपात र चिकित्सकले बिरामीका आफन्त लाई दुव्यर्वहार गरेको भन्ने विवाद विषयमा सत्यतथ्य पत्ता लगाउन अस्पताल व्यवस्थापन समितिले सदस्य भाइचन्द्र श्रेष्ठको संयोजकत्व नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, मानवअधिकार सञ्जाल र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रहने गरी एक छानविन समिति समेत गठन गरेको छ ।