गोरखाखबर(गोरखा,२० मंसिर) । गोरखा अस्पतालका स्वास्थ्यकर्मीले आकस्मीक बाहेक सबै सेवा बहिष्कार गरेका छन । अस्पतालमै शनिवार चिकित्सक सहित स्वास्थ्यकर्मी माथी हातपात तथा दुव्र्यवहार भएको भन्दै अस्पतालका स्वास्थ्यकर्मीहरु विरोधमा उत्रिएका हुन । गोरखा अस्पतालका स्वास्थ्यकर्मीहरुले एक प्रेस विज्ञप्ती प्रकाशित गरेर दोषी उपर कानुनी कारवाही र सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासन समक्ष माग गरेका छन । दोषी उपर कारवाही नभए सम्म अस्पतालका आकस्मीक बाहेकका अन्य कुनै सेवामा स्वास्थ्यकर्मीहरु संलग्न नरहने पनि विज्ञप्तीमा उल्लेख छ । तर नेपाल विद्यार्थी संघ गोरखाले भने एक विज्ञप्ती प्रकाशित सुत्केरी महिला र बिरामी कुरुवा लाई डियुटीमा खटिएका डाक्टरले दुव्र्यवहार गरेको भन्दै डाक्टर लाई कारवाही नगरिए शसक्त आन्दोलन गर्ने समेत जनाएको छ ।