गोरखाखबर(काठमाण्डौं,२० मंसिर) । नेपालमा शनिवार १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ । यी मध्ये २ लाख २४ हजार ५३ जना कोरोना संक्रमित निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १० जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या १५ सय ७७ पुगेको छ ।