गोरखाखबर(गोरखा,१९ मंसिर) । गोरखा नगरपालिका र नेपाल पत्रकार महासंघ बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । गोरखा नगरपालिका वडा नं ९ दलभन्ज्याङमा हालै निर्माण भएको कृतिम घाँसे मैदानमा द ओसन क्लबले शुक्रवार मैत्रीपूर्ण फुटबलको आयोजना गरेको हो । मैत्रीपूर्ण फुटबल खेलमा गोरखा नगरपालिका ६–३ गोलले विजयी भएको छ । मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उद्घाटन गर्दै गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले कृतिम घाँसे मैदानको निर्माण संगै जिल्लामा खेलकुद विकासले एउटा फड्को मारेको बताए । गोरखा नगरपालिका टिमको नेतृत्व मेयर राजनराज पन्त र पत्रकार महासंघको टिम नेतृत्व अध्यक्ष किशोरजंग थापाले गरेका थिए । द ओसन क्लबले गोरखा नगरपालिका, प्रदेश सांसद पूर्वाधार विकास कार्यक्रम, वडा कार्यालय बाट प्राप्त बजेट सहित सामाजिक सञ्जाल मार्फत सहयोग संकलन गरेर उक्त कृतिम घाँसे मैदानको निर्माण गरेको हो । कृतिम घाँसे मैदानलाई पूर्णता दिन अझ सहयोगको खाँचो रहेको क्लबका अध्यक्ष अमित खत्रीले बताए ।