बुढीगण्डकी आयोजना प्रभावितहरु रिले धर्नामा


गोरखा खबर
  • बुधबार, मंसिर १७ २०७७

  • गोरखाखबर(गोरखा,१७ मंसिर) ।बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रका वासिन्दाले दबाबमूलक आन्दोलन सुरु गरेका छन् । बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको अगुवाईमा डुवान क्षेत्रमा पर्ने गोरखा र धादिङका वासिन्दाले गोरखाको सिउरेनीटारस्थित बुढीगण्डकी वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाइ कार्यालयमा धर्ना दिएका हुन् ।मुआब्जा दिन बाँकी जग्गाको तत्काल मुआब्जा दिनुपर्ने, दर्ता छुटलगायत विभिन्न समस्याका कारण मुआब्जा नपाएका जग्गाको मुआब्जा दिनुपर्ने, घर, गोठ, बोटविरुवाको लगत सार्वजनिक गरी मुआब्जा दिनुपर्ने, घर र संरचनाको ह्रासकट्टी गर्न नपाइने, पुनर्बास पुनर्स्थापनाको काम सुरु गर्नुपर्ने डुवानबासीको माग छ । मंसिर २४ गतेसम्म छुट्टाछुट्टै स्थानमा धर्ना दिने कार्यक्रम रहेको सरोकार समितिका संयोजक हरेराम ढकालले बताए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार