थप १,३०४ संक्रमित, कोरोनाले २१ जनाको मृत्यु


गोरखा खबर
  • मंगलबार, मंसिर १६ २०७७

  • गोरखाखबर(काठमाण्डौं, १६ मंसिर) । नेपालमा मंगलवार थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणकै कारण २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । यी मध्ये २ लाख १६ हजार ५ सय ९४ जना संक्रमित निको भइसकेका छन्। योसँगै देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार