गोरखाका थप १३ जनामा कोरोना संक्रमण


गोरखा खबर
  • शनिबार, मंसिर १३ २०७७

  • गोरखाखबर(गोरखा,१३ मंसिर) । गोरखाका थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा अजिरकोट गाउँपालिका वडा नं ३ का २४, २६, ३२, २२, २५, २६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै गोरखा जिल्ला तर ठेगाना नखुलेका ५४, ३२, २८ र ५३ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । यसैगरी ,चितवन मेडिकल कलेज प्रयोगशालामा गरिएको प्रयोगशाला परिक्षणमा गोरखा नगरपालिका वडा नं ६ की ३३ , वडा नं ७ की ५३ वर्षकी महिला र बारपाक सुलिकोट गाउँपालिका वडा नं ७ का ३४ वर्षका पनि पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार