गोरखाखबर(काठमाण्डौं,१२ मंसिर) । नेपालमा शुक्रवार थप १ हजार ७ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये पुरुष १ हजार ७ जना र महिला ६ सय ९६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो संगै नेपालमा संक्रमण पुष्टि हुने कूल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ । त्यस्तै विगत २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाले ज्यान गुमाएका छन । यो संगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार ४ सय ३५ पुगेको छ । कूल संक्रमित मध्ये २ लाखख ९ हजार ४ सय ३५ जना निको भइसकेको पनि मन्त्रालयले जनाएको छ ।