गोरखामा थपिए ९ जना कोरोना संक्रमित


गोरखा खबर
  • शुक्रबार, मंसिर १२ २०७७

  • गोरखाखबर(गोरखा,१२ मंसिर) । गोरखामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा गोरखा नगरपालिका वडा नं ८ का ६३ वर्षका पुरुष, पालुङटार नगरपालिका वडा नं ७ का ६० वर्षका पुरुष, सिरानचोक गाउँपालिकाका २१, २४, ३५ वर्षका पुरुष, ३०, ४७ र २१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ । त्यस्तै, लाइफ केयर एण्ड डाइगोस्टिक,पोखराको प्रयोगशालामा पालुङटार नगरपालिका वडा नं ३ का ६३ वर्षका पुरुष पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार