गोरखाखबर(गोरखा,११ मंसिर) । गोरखा क्याम्पसमा रहेको आइसोलेसन हटाउने निर्णय भएको छ । स्थानीय तहहरुले सम्वन्धित ठाउँमा नै आइसोलेसनको व्यवस्थापन गरिरहेको र गोरखा क्याम्पसले आफ्नो शैक्षिक गतिविधि सञ्चालन गर्न क्याम्पस बाट आइसोलेसन हटाउन पटक पटक माग गरिएकोले जिल्ला विपद ब्यवस्थापन समितिको बिहीवार बसेको बठैकले उक्त निर्णय गरेको हो । जिल्लाका स्थानीय तहको संयुक्त लगानीमा सञ्चालन गरिएको ७६ शैयाको आइसोलेसनमा केही देखि संक्रमित समेत राखिएको थिएन । बैठकले गोरखा क्याम्पसमा रहेको क्वारेनटाइनसहितको ७६ बेडको आइसोलेसन हटाउने निर्णय गरेको हो ।गोरखा क्याम्पसको आइसोलेसनमा खटिएका नेपाल प्रहरी, नेपाली सेनाको टोलीलाई समेत फिर्ता गर्ने निर्णय समेत बैठकले गरेको छ । आइसोलेसनमा भएको भौत्तिक सामाग्री गोरखा नगरपालिका लाई बुझाउने र वितरण गोरखा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र गोरखा अस्पतालको संयुक्त समन्वयमा गरिने पनि निर्णयमा उल्लेख छ ।