गोरखाखबर(गोरखा, ८ मंसिर) । स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिए पछि आरुघाट स्थित आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रको आकस्मिक बाहेक सबै सेवा बन्द भएको छ । गत मंसिर ५ गते मेडिकल अधिकृत सहितका स्वास्थ्यकर्मीहरुको नमुना परिक्षणका लागि प्रयोगशाला पठाएकोमा केही स्वास्थ्यकर्मी कोरोना संक्रमण पुष्टि भएको छ । आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र सोमवार एक सुचना जारी गर्दै अन्य स्वास्थ्यकर्मीको पनि कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएको अर्काे व्यवस्था नभए सम्मका लागि त्यहा बाट दिदै आएको आकस्मिक बाहेकका सबै सेवा बन्द रहने जनाएको छ ।