गोरखा जिल्लामा २३ जनामा कोरोना संक्रमण पुष्टि


गोरखा खबर
  • सोमबार, मंसिर ८ २०७७

  • गोरखाखबर(गोरखा, ८ मंसिर) । गोरखा जिल्लामा सोमवार २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका ७ स्थानीय तहका गरी १७ पुरुष र ६ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र, पोखराको प्रयोगशाला गरिएको परिक्षणमा पालुङटार नगरपालिका वडा नं ४ का ४४, १९, १३, ३९ वर्षका पुरुष, वडा नं ५ का २६ वर्षका पुरुष, वडा नं १० का ३५, १३ वर्षका पुरुष , ४२ वर्षकी रहेकी छिन । त्यस्तै आरुघाट गाउँपालिका वडा नं ९ का ३६, ३९ वर्षका महिला, २९ वर्षका पुरुष, गण्डकी गाउँपालिका वडा नं ३६, ४७ वर्षका पुरष, शहिद लखन गाउँपालिका ३०, ३३, ३६ वर्षका पुरुष, भीमसेन थापा गाउँपालिका वडा नं ४ का २७, २५ वर्र्षीया महिला, ३३, ६६ वर्षका पुरुष र अजिरकोट गाउँपालिका वडा नं ४ का २४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, पोखराले जनाएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा गोरखा नगरपालिका वडा नं ४ का २६ वर्षका पुरुष र पालुङटार नगरपालिका वडा नं ४ की ४४ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार