थप २१०३ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु


गोरखा खबर
  • बिहिबार, मंसिर ४ २०७७

  • गोरखाखबर(काठमाण्डौं,४ मंसिर) । नेपालमा बिहीवार थप २ हजार १ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले पुष्टि भएका २८ हजार १ सय ६ जना सक्रिय सङ्क्रमित देशभरि छन्। सङ्क्रमितमध्ये ८ सय ६४ जना महिला र १ हजार २ सय ३९ पुरुष भएको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार