गोरखाखबर(गोरखा,३ मंसिर) । गोरखामा ८९ वर्षीय एक वृद्ध सहित ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा प्र्रयोगशाला परिक्षणका क्रममा गोरखा नगरपालिका वडा नं ८ का ८९ , ५२ वर्षका पुरुष र ५० वर्षकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ । गोरखा अस्पतालमा उपचार गरिरहेका तनहुँ आँबुखैरेनी ६७ वर्षका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै गोरखामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या छ सय १९ पुगेको छ ।