गोरखाखबर(गोरखा,३० कात्तिक) । गोरखा नगरपालिका वडा नं ६ का घर भएका डाक्टर विनोद दुवाडी सहित गोरखामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि डा.दुवाडी गोरखा अस्पतालमा रहदा रहदा कोरोना प्रतिकार्यमा खटिएका थिए । गोरखकाली मन्दिरका पुरोहित ५० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै गोरखा अस्पताल मार्फत स्बाब संकलन गरेर पठाएको ३ पुरुष र ३ महिलामा कोरोना संक्रमण पुष्टि भएको गोरखा अस्पतालले जनाएको छ । अन्य ३ जनाको दोस्रो पटक पोजिटिभ आएको हो । त्यस्तै सिरानचोक गाउँपालिकाका १ महिला र ४ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।