गोरखा अस्पतालका २ कर्मचारी सहित ७ जनामा कोरोना संक्रमण पुष्टि


गोरखा खबर
  • शनिबार, कार्तिक २९ २०७७

  • गोरखाखबर(गोरखा,२९ कात्तिक) । गोरखा अस्पतालमा कार्यरत २ जना कर्मचारी सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा आएका बिरामी र कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्बाब संकलन गरी प्रयोगशालामा पठाएकोमा ७ जनामा संक्रमण पुष्टि भएको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । संक्रमण पुष्टि हुनेमा गोरखा अस्पतालको प्रयोगशाला कार्यरत ल्याब टेक्सीसियन २९ वर्षीय पुरुष र अस्पतालको फार्मेसीमा कार्यरत २४ वर्षीया महिला रहेकी छिन । त्यस्तै गोरखा नगरपालिका वडा नं ८ का ६२ वर्षीय पुरुष, ५७ वर्षीय पुरुष, वडा नं ६ की १२ वर्षीया महिला ,शहिद लखन गाउँपालिका वडा नं ७ का ७५ वर्षीय पुरुष र सिरानचोक गाउँपालिकाका २८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार