गोरखाखबर(गोरखा,२६ कात्तिक) । गोरखा अस्पताल सञ्चालक समितिका सदस्य गोर्बधन श्रेष्ठ लाई कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड–१९ टाक्सफोर्सका संयोजक समेत रहेका श्रेष्ठको कन्ट्याक्ट ट्रेसिङका क्रममा स्वाब संकलन गरेर प्रयोगशाला पठाएको थियो । कोरोना नियन्त्रण र रोकथामका लागि व्यवस्थापनमा खटिने क्रममा आफूलाई संक्रमण भएको सञ्चालक समितिका सदस्य श्रेष्ठको भनाई छ । त्यस्तै अस्पतालमा कार्यरत अर्की एक सिनियर अनमीलाई पनि आज नै कोरोना संक्रमणको पुष्टी भएको छ । संक्रमण पुष्टि भएका संगै दुवैजनाको गोरखा अस्पतालको आइसोलेसनमा भर्ना भएका छन ।