नेपालमा संक्रमित २ लाख नाघ्यो, कोरोनाले २६ को मृत्यु


गोरखा खबर
  • बुधबार, कार्तिक २६ २०७७

  • गोरखाखबर(काठमाण्डौं,२६ कात्तिक) । नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख नाघेको छ । देशका विभिन्न स्थानका गरी बुधवार २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि नेपालमा सक्रमण पुष्टि हुनेको कूल संख्या २ लाख २ हजार ३ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कूल संक्रमित मध्ये १ लाख ६२ हजार २ सय ४३ जना सङ्क्रमणमुक्त भएका छन्। कोरोना संक्रमणकै कारण बुधवार २६ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा १ हजार १ सय ७४ सङ्क्रमितको कोरोना सँग सम्बन्धित कारणले मृत्यु भैसकेको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार