गोरखाखबर(गोरखा,२५ कात्तिक) । समुदायमा कोरोना संक्रमण बढ्न थाले पछि गोरखा नगरपालिकाले १ सय ९ जनाको स्वाब संकलन गरेर प्रयोगशाला परिक्षणका लागि पठाएको छ । कन्ट्याक्ट टेसिङका क्रममा संक्रमण पुष्टि भइसकेको सम्पर्कमा रहेका ४९ पुरुष र ४५ महिला गरी ९४ जनाको स्वाब संकलन गरेको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए । त्यस्तै होम आइसोलेसनमा रहेका ९ पुरुष र ६ महिला गरी थप १५ जना पनि स्वाब संकलन गरेको छ ।