गोरखाखबर(गोरखा,२५ कात्तिक) । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र कुमाल सहित गोरखाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिका वडा नं १० घर भएका पूर्व संविधानसभा सदस्य समेत रहेका केन्द्रीय सदस्य कुमालले आफू लाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन । त्यस्तै गोरखा अस्पतालमा स्बाब दिएका २७ वर्षीया महिला र ५२ वर्षका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी अजिरकोट गाउँपालिकाका २२, ३३, ३२ वर्षीया महिला र ३४ वर्षीया पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।