गोरखाखबर(गोरखा,२५ कात्तिक) । गोरखा नगरपालिकाका २ कर्मचारी सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिकाका ४०, ३६ वर्षका पुरुष कर्मचारी , गोरखा नगरपालिका वडा नं ४ का ५३ वर्ष पुरुष शिक्षक सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै गोरखा नगरपालिका वडा नं ४ का १५ वर्षका पुरुष र वडा नं ८ का १६, वडा नं १२ का ३६ र वडा नं १४ का ५० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको पुष्टि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।