थप २५७१ जनामा संक्रमण, कोरोनाले १८ मृत्यु


गोरखा खबर
  • सोमबार, कार्तिक २४ २०७७

  • गोरखाखबर(काठमाण्डौं,२४ कात्तिक) । नेपालमा सोमवार थप २ हजार ५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १ लाख ९७ हजार २४ पुगेको छ । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण १८ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कूल संक्रमित मध्ये अहिले सम्म १ लाख ५९ हजार ७ जना २४ जना सङ्क्रमण मुक्त भएका छन्। नेपालमा अहिले सम्म १ हजार १ सय २६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन । सङ्क्रमितको सङ्ख्या दुई लाख पुग्न लागेको नेपाल कोरोनाभाइरस प्रभावित देशको सूचीमा ३४ औँ स्थानमा भएको जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्याङ्क रहेको बिबिसीले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार