थपिए २८१७ संक्रमित, कोरोनाले २१ जनाको मृत्यु


गोरखा खबर
  • आइतबार, कार्तिक २३ २०७७

  • गोरखाखबर(काठमाण्डौं,२३ कात्तिक) । नेपालमा आइतवार थप २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थान बाट संकलित १२ हजार ३ सय ११ वटा नमुनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको कूल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणका कारण २१ जनाले ज्यान गुमाएका छन । यो संगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार १ सय ८ पुगेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार