गोरखाखबर(गोरखा,२३ कात्तिक) । समुदायमा कोरोना भाइरसको संक्रमण बढ्दै गए पछि गोरखा नगरपालिका कार्यालय र वडा कार्यालयहरुले अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ । नगरपालिकाका कर्मचारी लगायत स्थानीयमा समेत कोरोना भाइरस पोजिटिभ देखिएकोले कन्ट्याक्ट ट्रेसिङका लागि कात्तिक २४ देखि २८ गते सम्म कार्यालयको सेवा बन्द गरिएको गोरखा नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तद्वारा आइतवार जारी सुचनामा विद्यालयका शिक्षकहरुमा समेत कोरोना पोजिटिभ देखिएको हुदा मंसिर ६ गते सम्मका लागि नगर भित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरु बन्द रहने पनि सुचनामा उल्लेख छ ।
