गोरखाखबर(गोरखा,२१ कात्तिक) । तिहारको अवसरमा आयोजना हुने देउँसी भैलो जस्ता कार्यक्रमहरु आयोजना नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले शुक्रवार एक सुचना जारी गरेर तिहारको अवसरमा आयोजना हुने देउँसी भैलो कार्यक्रमका कारण भिडभाड तथा जमघट बढ्न गई कोरोना संक्रमणको माध्यम बन्न सक्ने भएकाले यस्ता कार्यक्रम नगर्न नगराउनु हुन अनुरोध गरेको छ । गोरखाका निमित्त प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीद्वारा हस्ताक्षरित जारी सुचनामा पटका ,आतशबाजी जस्ता विष्फोटक पदार्थको आयात, भण्डार तथा विक्री वितरण तथा प्रयोग नगर्न र गरेमा कानुन बमोजिम कारवाही हुने पनि उल्लेख छ ।
