गोरखाखबर(गोरखा,१९ कात्तिक) । नेपालमा बुधवार ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोना संक्रमणकै कारण एकैदिन ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा १,०३४ सङ्क्रमितको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ। देशका विभिन्न ठाउँका गरी १३ हजार १ सय ४४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ३ सय ४ महिला र २ हजार ५ पुरुषमा संक्रमण पुष्टि भएको हो । एकैदिन मृत्यु भएको यो अहिले सम्मकै उच्च संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।