गोरखाखबर(गोरखा,१७ कात्तिक) । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई सहित गोरखामा ३२ जनामा सोमवार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दशैं संगै रुघाखोकी लाग्ने र टाउको दुःख्ने भए पछि उनले गत कात्तिक १४ गते दिएको स्बाबको प्रयोगशाला परीक्षणका क्रममा पत्नी सहित आफूमा संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमा लेखेका छन ।

गोरखाको पालुङटार नगरपालिका वडा नं १ का ४०,२३ वर्षीया महिला , वडा नं २ का ५५,२८ र २६ वर्षीय पुरुष, वडा नं ५ का २५र ५५ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगरी पुष्टि हुनेहरुमा आँपपिपल अस्पतालका २३ वर्षीय पुरुष, अजिरकोट गाउँपालिका वडा नं १ का ३० वर्षीया महिला, वडा नं २ का २८ वर्षीया महिला , वडा नं ४ का १३, ४२, २३ , १८, १९ वर्षका पुरुष, आरुघाट गाउँपालिकाका ३९ वर्षीया महिला, गोरखा नगरपालिका वडा नं ६ का २७ वर्षीया महिला, वडा नं ६ का ३१ वर्षीय पुरुष, वडा नं ९ का ५१, २४ र १६ वर्षीया महिला, २६, २५ र ९ वर्षका पुरुष, वडा नं १० का ५६ र ३२ वर्षका पुरुष, शहिद लखन गाउँपालिका वडा नं २ का ३० र २४ वर्षीया महिला, वडा नं ३ का ५१ वर्षीय पुरुष र वडा नं ६ का २० वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय , गण्डकी प्रदेशले जनाएको छ ।