गोरखाको तीन वटा पालिकाका २५ जनामा कोरोना संक्रमण पुष्टि


गोरखा खबर
  • बिहिबार, कार्तिक १३ २०७७

  • गोरखाखवर (गोरखा १३ कात्तिक) । गोरखाका तीनवटा पालिकामा बिहिवार २५ जना कारोना संक्रमित थपिएका छन  । गोरखा नगरपालिकामा १२ जना, पालुङ्गटार नगरपालिकामा ७ जना र अजिरकोट गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता बिनोदविन्दु शर्माले बताए । गोरखा नगरपालिका वडा नम्वर १ मा ३८ वर्षीय पुरुष, वडा नम्वर ६ मा २२ वर्षीय पुरुष र ८०, ४० वर्षीया दुइ महिला, वडा नम्वर ८ मा ४० वर्षीय एक पुरुष, वडा नम्वर १० मा ३८ वर्षीया महिला र १६ वर्षीय पुरुष, वडा नम्वर १२ मा २१, २२ वर्षीया महिला र २७ वर्षीय पुरुष र वडा नम्वर १३ मा ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । यस्तै पालुङ्गटार नगरपालिका वडा नम्वर १ मा २९ वर्षीया महिला, वडा नम्वर ३ मा ४५ वर्षीय पुरुष, वडा नम्वर ५ मा १९,४१ वर्षीया महिला र १८ र २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै गरी अजिरकोट गाउँपालिका वडा नम्वर ३ का २३,२४,२७,३९,४० वर्षका पुरुष र वडा नम्वर ४ का ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार