गोरखाखबर(गोरखा,२२ असोज) । गोरखा क्याम्पस आइसोलेसनमा रहेका एकजना कोरोना संक्रमित लाई थप उपचारका लागि चितवन मेडिकल कलेज पठाएको छ । स्वासप्रश्वासमा समस्या देखिन थाले पछि पालुङटार नगरपालिका ५२ वर्षका ति संक्रमित लाई बिहीवार आइसोलेसन बाट गोरखा अस्पताल ल्याइएको थियो । अस्पतालका चिकित्सकले उनको निरन्तर स्वास्थ्य अवस्थाको निगरानी गर्ने क्रममा छातीमा निमोनियाको लक्षण र अक्सीजनको मात्र कम देखिए पछि थप उपचारका लागि साँझ चितवन मेडिकल कलेज पठाएको गोरखा अस्पतालले जनाएको छ ।