गोरखाखबर(गोरखा,२२ असोज) । स्वास्थ्य क्षेत्रको सुधार लगायतका विभिन्न माग राख्दै अनसनमा रहेका डा.गोविन्द केसीको सर्मथनमा गोरखा अस्पतालका स्वास्थ्यकर्मीहरु पनि आन्दोलित भएका छन । अस्पतालका चिकित्सक सहितका स्वास्थ्यकर्मीहरुले बिहीवार बिहान ९ देखि ११ बजे सम्म काम नै रोकेर विभिन्न माग लेखेको प्लेकार्ड सहित धर्ना दिएका थिए । त्यस पछि पनि उनीहरुले हातमा कालोपट्टी बाधेर नै काम गरेका थिए । मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै गोविन्द केसीले सत्याग्रहका रुपमा डा.गोविन्द केसी पटक पटक अनसन बस्दै आएका छन । सरकारले बुधवार डा.केसी संग वार्ता गर्न वार्ताटोली गठन गरेको छ ।