कोरोनाले थप १२ जनाको मृत्यु, कूल मृतक ५९० पुग्यो


गोरखा खबर
  • बिहिबार, असोज २२ २०७७

  • गोरखाखबर(काठमाण्डौं,२२ असोज) । कोरोना संक्रमणका कारण बिहीवार नेपालमा थप १२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण ८ पुरुष र ४ महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु भएकाहरु मृतकहरु सुनसरी, धनुषा, काठमाण्डौं, ललितपुर, भक्तपुर, चितवन, कास्की र सुर्खेतका हुन्। यो संगै कोरोनाका कारण ज्यान गुमाउने मृतकको संख्या ५ सय ९० पुगेको छ ।

     

    प्रतिक्रिया

    सम्बन्धित समाचार