गोरखाखबर(गोरखा,२१ असोज) । लोकडाउन लाई झ्यालबाट नियाल्दा पुस्तकको विमोचन भएको छ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा.बावुराम भट्टराइले बुधवार एक कार्यक्रममा पार्टीका गोरखा नगर अध्यक्ष उपेन्द्र देवकोटाले लेखेका उक्त पुस्तकको विमोचन गरेका हुन । मैले बुझेको बाबुराम, बावुराम माथी लगाइएका आरोपहरु, समाजवादी पार्टी नै किन ? , कसले माक्र्सवाद अध्ययन गर्न पाउने ?, समृद्धिको सम्भावन बोकेको गोरखा, प्रधानमन्त्रीका रुपमा डा.बावुराम भट्टराईले शुरुवात/सम्पन्न गरेका केही कार्यहरु लगायतका २२ वटा शीर्षकका लेखहरु समेटिएको उक्त पुस्तक ८९ पृष्ठको रहेको छ ।