गोरखाखबर(गोरखा,२१ असोज) । पूर्व प्रधानमन्त्री डा.बावुराम भट्टराईले आधुनिक लोकतान्त्रिक सरकारले डा. गोविन्द केसीको शान्तिपूर्ण सत्याग्रहको माग लाई पूरै उपेक्षा गरेको बताए । गोरखा सदरमुकाममा बुधवार पत्रकार भेटघाटका क्रममा भट्टराईले तुरन्त वार्ता गरेर सरकारले डा.गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने बताएका छन । मेडिकल शिक्षामा सुधारको माग गर्दै पटक पटक अनसन बस्दै आएका डा.गोविन्द केसीको यो पटकको अनसन बुधवार २४ दिन पुगेको छ ।गोरखा आएका डा.बावुराम भट्टराईले जिल्ला स्थित विभिन्न विकास निर्माण संग सम्वन्धित कार्यालयका प्रमुख र निर्माण व्यवसायी लाई संग सामूहिक छलफल गर्नुका साथै कतिपय आयोजनामा भएको लापरवाहीका सवालमा असन्तुष्टि समेत पोखेका छन ।