गोरखाखबर(गोरखा,२० असोज) । गोरखाका दुई गाउँपालिकामा गरी मंगलवार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखाको भीमसेन थापा गाउँपालिकामा ४ वर्षीया बालिका सहित २ जना र सिरानचोक गाउँपालिका ४ जनामा संक्रमण पुष्टि भएको हो । सिरानचोक गाउँपालिका वडा नं ३ का १९ वर्षीया महिला, ६५ र ६७ वर्षका पुरुषमा कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखा सुचना अधिकारी राजुरमण न्यौपानले जानकारी दिए । चितवनमा गरिएको पिसिआर परीक्षणका क्रममा सिरानचोक गाउँपालिका वडा नं ३ कै २२ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै भीमसेन थापा गाउँपालिका वडा नं ८ की ४ वर्षीया बालिका र वडा नं ६ का ४२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये ४ वर्षीया बालिका आमासंगै बुटवल बाट र ४२ वर्षका पुरुष भारत बाट आएका थिए । यो संगै गोरखामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ सय १५ पुगेको छ ।