गोरखाखबर(काठमाण्डौं,१७ असोज) । नेपालमा आइतवार थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कूल संक्रमण पुष्टि हुनेको संख्या ८६ हजार ८ सय २३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले सम्म ६४ हजार ६९ जना कोरोना निको भएर डिस्चार्ज भइसकेका छन । अहिले देशभरि २२,२१९ जनामा सक्रिय सङ्क्रमण छ।सङ्क्रमितको सङ्ख्याका आधारमा नेपाल विश्वभरि ४५ औँ स्थानमा छ। विगत २४ घण्टामा एक नवजात शिशुसहित चार महिला र तीन पुरुष गरी ७ जनाको मृत्यु भएको छ । पाँचदिने बालिकादेखि ७७ वर्षसम्मका व्यक्तिको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।ती बालिका मकवानपुरकी हुन् भने अन्य मृतक चितवन, काठमाण्डू, ललिपुरर, बाँके र कञ्चनपुर जिल्लाका हुन्।