गोरखामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि


गोरखा खबर
  • शुक्रबार, असोज १६ २०७७

  • गोरखाखबर(गोरखा,१६ असोज) । गोरखा जिल्लाका थप ५ जनामा शुक्रवार कोरोना संक्रमण पुष्टि भएको छ । परिवारका सदस्यमा कोरोना देखिए पछि कन्ट्याक्ट ट्रेसिङका क्रममा गोरखा नगरपालिका वडा नं १२ का ५७ वर्षका पुरुष र ४९ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै भारत बाट आएका बारपाक सुलिकोट गाउँपालिका वडा नं ३ का ३० वर्षका पुरुष र वडा नं ८ का २८ वर्षीया महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए । त्यस्तै काठमाण्डौं बाट घर आएका आरुघाट गाउँपालिका वडा नं ४ का ४५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

     

    प्रतिक्रिया

    सम्बन्धित समाचार