एक प्रहरी सहित गोरखामा ५ जनामा संक्रमण पुष्टि


गोरखा खबर
  • बुधबार, असोज १४ २०७७

  • गोरखाखबर(गोरखा,१४असोज) । प्रहरी चौकी बाह्रकिलोमा कार्यरत एक प्रहरी जवान सहित गोरखामा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आरुघाट गाउँपालिका वडा नं ९ मा निर्माणका कामका गर्दै आएका पर्साका २४, २६ वर्षका पुरुष संक्रमण पुष्टि भएको छ । तर उनीहरु लाई गत असोज ८ देखि नै क्वारेन्टाइन राखिएको र संक्रमण पुष्टि भए संगै भीमोदय माविको आइसोलेसनमा लगिएको आरुघाटका स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले जानकारी दिए । त्यस्तै प्रहरीचौकी बाह्रकिलो कार्यरत २५ वर्षीय प्रहरी जवानमा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका लाई आइसोलेसनमा राखिएको र अन्य १२ जना प्रहरी लाई क्वारेन्टाइनमा राखेर चौकी सिल गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखा सिरानचोक गाउँपालिका वडा नं ३ मा २९ वर्षीय पुरुष,पालुङटार नगरपालिका वडा नं ५ का २२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

     

    प्रतिक्रिया

    सम्बन्धित समाचार