गोरखाखबर(काठमाण्डौ, १४असोज) । नेपालमा थप १ हजार ५ सय ५९ जनामा बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ७७ हजार ८ सय १७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेका छन । मृतकमा काठमाडौंका २ महिला र १ पुरुष रहेका छन भने रुपन्देही, सप्तरी, मोरङ र सुनसरीका ४ पुरुष रहेका छन। यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ सय ९८ पुगेको छ ।