गण्डकी गाउँपालिकाको केन्द्र सिउरेनीटार हुनुपर्ने जसपाको माग


गोरखा खबर
  • आइतबार, असोज ११ २०७७

  • गोरखाखबर(गोरखा,११ असोज) । जनता समाजवादी पार्टी, नेपालले गण्डकी गाउँपालिकाको केन्द्र वडा नं ८ को सिउरेनीटार हुनुपर्ने माग गरेको छ । गाउँपालिकाको प्रशासनिक केन्द्र ओखलडाँडाको विकल्प वनटार हुन नसक्ने भन्दै अवको विकल्प स्वरुप सुगमता, समदुरीता सबै दृष्टिकोणले गण्डकी गाउँपालिका वडा नं ८, सिउरेनीटार रहनुपर्छ भन्ने विषयमा जनताको समेत समर्थन रहेको भन्दै समाजवादी पार्टी, नेपाल गण्डकी गाउँपालिकाले एक प्रेस विज्ञप्ती प्रकाशित गरेर दबाब सृजना गर्न जनसमुदाय लाई अपिल समेत गरेको छ । पार्टीका गण्डकी गाउँपालिका अध्यक्ष यमदत्त दुवाडीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ –“देशको सत्ताशीन नेकपा र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस बीच गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा विवाद हुदा गाउँसभा तथा बजेट अधिवेशन हुन सकिरहेको छैन । बजेट अधिवेशन हुन नसक्दा सबै प्रकारका विकास निर्माण र सामाजिक कामहरु ठप्प हुन पुग्दा जनता चर्काे मारमा परेको छ । आफू लाई ठूलो दाबी गर्ने गण्डकी गाउँपालिकाका नेकपा र काँग्रेसको दम्भ र अहंकारले गर्दा समस्या समाधान हुनुका सट्टा झन् जटिलता तिर लम्कीरहेको छ ।”

     

    प्रतिक्रिया

    सम्बन्धित समाचार