गोरखाखबर(गोरखा, ९ असोज) । गोरखा पालुङटार नगरपालिकाका ७ सहित विभिन्न स्थानीय तहका गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालुङटार नगरपालिका वडा नं १ का ३७, १५, १३ वर्षका पुरुषमा, ३५, १९, १५ र ३४ वर्षका महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै बारपाक सुलिकोट गाउँपालिका वडा नं ८ का ३० वर्षीया महिला,१८, ३३ वर्षका पुरुष,गण्डकी गाउँपालिका वडा न. ५ का ३३ वर्षका पुरुष, भीमसेन थापा गाउँपालिका वडा नं ३ का २४, ३३ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । निर्देशनालयका अनुसार गोरखा जिल्ला, भीमसेन थापा गाउँपालिका वडा नं ३ का २४ र ३३ बर्षका पुरुषहरु सोहि पालिकाका क्रमशः मोटरसाइकल वर्कशप र पुनर्निर्माण परियोजनामा कार्यरत रहेका छन ।
