गोरखाखबर(काठमाण्डौं, ८ असोज) । नेपालमा विगत २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाण्डौं उपत्यकाका २ महिला र ४ पुरुष, धनुषाका२ पुरुष मोरङ, सुनसरी र धादिङका ११ महिला छन । त्यस्तै झापा, रौतहट, तनहुँ, दाङ, कपिलवस्तु र नवलपरासीका ११ पुरुषको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ ।