गोरखाखबर(काठमाण्डौं, ७ असोज) । नेपालमा बुधवार १ हजार १ सय ७२ जना कोरोना संक्रमित थपिएका छन । यो सँँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या६७ हजार ८ सय ४ पुगेको छ । कोरोना भाइरस संक्रमणका कारण ४ सय ३६ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधवार मात्रै ७ जनाको मृत्यु भएको छ ।अहिले सम्म ४९ हजार ९ सय ५४ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किसकेका छन ।