गोरखाखबर(गोरखा, ७ असोज) । गाउँपालिकाका वडा सचिव, शिक्षक सहित गोरखाका ४ जनामा बुधवार कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा दाङ घर भएका चुमनुब्री गाउँपालिका वडा सचिव , पालुङटार नगरपालिका,शहिद लखन गाउँपालिका घर भएका १/१ जना शिक्षक र रौतहट घर भएका गोरखा नगरपालिका वडा नं ८ बस्ने एक व्यवसायी रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । चुमनुब्री गाउँपालिकाका अनुसार गाउँपालिका बाहिर घर भएका कर्मचारी तथा शिक्षकको स्बाव संकलन पछि मात्र कार्यक्षेत्र प्रवेश गर्न पाउने निर्णय अन्तर्गत गत असोज ३ गोरखा सदरमुकाममै वडा सचिव सहित प्रयोगशाला परीक्षणका लागि स्बाव संकलन गरिएको थियो ।