गोरखाखबर(गोरखा,६ असोज) । नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । मंगलवार मात्र १ हजार ३ सय ५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२९ पुगको छ । कूल संक्रमित मध्ये ४८ हजार ६१ जना कोरोना निको भएर डिस्चार्ज भएका छन्।