गोरखा क्याम्पस आइसोलेसनबाट २८ जना निको भएर घर फर्किए


गोरखा खबर
  • मंगलबार, असोज ६ २०७७

  • गोरखाखबर(गोरखा,६ असोज) । कोरोना भाईरस संक्रमण निको भएर गोरखा क्याम्पस आइसोलेसन बाट २८ जना घर फर्किएका छन । निको भएर २१ पुरुष र ७ महिला आइसोलेसनबाट डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेहरुमा गोरखा नगरपालिका वडा नं ६ का १ पुरुष, वडा नं ७ का ४ पुरुष , २ महिला, वडा नं १३ का १ महिला, पालुङटार नगरपालिका वडा नं ५ का ५५ वर्षका पुरुष, सिरानचोक गाउँपालिका वडा नं ६ का २० वर्षीया महिला, १७ वर्षका पुरुष, भीमसेन थापा गाउँपालिका वडा नं ७ का १ पुरुष, वडा नं ८ का २ महिला, २ पुरुष, बारपाक सुलिकोट गाउँपालिका वडा नं ३ का २१ वर्षीय पुरुष, ५० वर्षीय महिला, वडा नं ४ का १८, ३२ वर्षका पुरुष, वडा नं ५ का ३० वर्षीय पुरुष, वडा नं ७ का २२, २४, ३५, ३७, ४६ वर्षका पुरुष, वडा नं ८ का ३६ वर्षीय पुरुष र धार्चे गाउँपालिका वडा नं ३ का २२ वर्षीय पुरुष रहेको गोरखा अस्पतालद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार