लार्के सडक निर्माणमा खटिएका स्थानीय मजदुरको लडेर मृत्यु


गोरखा खबर
  • सोमबार, असोज ५ २०७७

  • गोरखाखबर(गोरखा, ५ असोज) । गोरखाको बेनिघाट लार्के सडक निर्माणमा खटिएका मजदुर धार्चे गाउँपालिका वडा नं १ का दिपक गुरुङको काम गर्ने क्रममा लडेर मृत्यु भएको छ । बेनिघाट लार्के सडक खण्डको धार्चे गाउँपालिका वडा नं ३ लाक्पाल बस्ती नजिक काम गर्ने क्रममा आइतवार अचानक ४० मिटर तल बुढीगण्डकी नदी किनारमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार शव परीक्षणका लागि आरुघाट स्थित प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार