गोरखाखबर(काठमाण्डौं, ५ असोज) । नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५४ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६५ हजार २ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले देशभर १७ हजार ६ सय ११ जना सक्रिय संक्रमित रहेका छन्। संक्रमित मध्ये ४७ हजार २ सय ३८ कोरोना मुक्त भएका छन ।