गोरखाखबर(गोरखा,४ असोज) । कोरोना संक्रमण जोखिम न्युनिकरणमा जनचेतनाका लागि ट्याक्सी व्यवसायी सागर अन्सारीले मास्क वितरण गरेका छन । आपनो ट्याक्सीको चालक समेत रहेको अन्सारीले गोरखा बसपार्कमा बाटो हिडेरहेका बटुवा, बसपार्क नजिकका टोल, धारापानी गान्धारी गाउँमा गरी ५ सय ५० वटा सर्जिकल मास्क निशुल्क बाढेका हुन । बसपार्क जस्तो भिडभाड हुने ठाउँमा मास्क नलगाई बटुवा हिडेको देखे पछि आफूले मास्क वितरण गरेको सागर अन्सारीले बताए ।